सोसल मिडिया
युनिकोड
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको छ ।
बैठक सुरु हुँदासाथ समिति सचिव दशरथ धमलाले विवादित विषयलाई थाती राखेर तयार पारेको प्रतिवेदन समिति सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गरेका छन् ।
साउन २२ गते बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा दलहरूबिच विवाद भएको थियो । त्यो विषयमा आजको बैठकमा शिक्षा विज्ञान प्रविधिमन्त्री रघुजी पन्तले प्रतिवेदन पेस गर्नेछन् ।
आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसे पनि सहमति जुटाउन सकेको थिएन ।निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेका छन् । समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने बताइरहेका छन् ।