सोसल मिडिया
युनिकोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताएकी छिन्।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री उनले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन्।
‘अब कर्मचारीको भन्सुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्वपूर्ण हुन्छ,’ न्यौपानेले भनिन्, ‘अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ। सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी हुने कुरामा हामीले सोच्न आवश्यक छ। खासगरी यसको उद्देश्य संघीयतालाई कार्यान्वयन गर्नको लागि महत्वपूर्ण हुनेछ।’
प्रतिनिधिसभाबाट पास भइसकेको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरुले संशोधन प्रस्ताव राखेका छन्।