सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका कोषाध्यक्ष समेत रहेका पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले संचालन गरेको लिटिल एन्जेल्स स्कुल राम्रो तरिकाले चलेको र परराष्ट्रमन्त्री आरजु राणा देउवाको युलेन्स स्कुलमा भद्रगोल देखिएको छ।
सहसचिव कुमारप्रसाद दाहालले परराष्ट्रमन्त्री राणा संरक्षक रहेको युलेन्स समस्यै समस्याले घेरिएको दाबी गरेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक दाहाल राष्ट्रिय समावेशी आयोगमा सरूवा गरिएका दाहालले यस्तो दाबी गरेका हुन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको युलेन्स स्कुललाई जरिवाना गर्न खोज्दा राष्ट्रिय समावेशी आयोगमा सरूवा भएको विषयलाई पनि उनले घुमाउरो पाराले स्वीकारेका छन्।
विभागले अनुगमन गर्दा युलेन्समा समस्या देखिएको दाहालले बताए। भ्रमपूर्ण विज्ञापन गर्नेदेखि शुल्कमा समेत मनोमानी रहेको उनको ठहर छ। युलेन्सले आईबी भनेर भ्रमपूर्ण विज्ञापन गरिएको उनको दाबी छ। नेपालमा शक्तिशालीहरू कै व्यवसाय गडबड देखिएको उनको भनाइ छ। सिप्पल मान्छे रेगुलेसमा बसेको छ। अन्तिम जरिवानाको अवस्थामा पुग्दा आफ्नो सरूवा गरिएको उनको जिकिर छ। अधिकांश स्कुललले कानुन मिचेर काम गरेका छन्।
सहसचिव दाहालले पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लिटिल एन्जेल्स स्कुल भने राम्रो तरिकाले चलेको बनाएका छन्। उनले अघि थपे, ‘राम्रोलाई राम्रो भन्नुपर्छ लिटिल एन्जेलसको शुल्कदेखि सबै कुरा राम्रो र व्यवस्थित छ।’, उक्त स्कुललाई विभागले अनुगमन गर्दा थप केही गर्न नपर्ने देखिएको दाहालले बताए।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको नाइटिंगेल स्कुलमा पनि अनुगमन गर्दा कैफियत फेला परेको दाहालको भनाइ छ। विभागले कांग्रेस नेता एवं बागमती प्रदेशका निर्वतमान मन्त्री रामकृष्ण चित्रकारको स्वस्तीश्री गुरूकूलको पनि अनुगमन गरेका थिए। दहालले २८ वटा स्कुलको अनुगमन गरेकाले व्यक्ति हेरेर नगरिएको बताए। विभागमा गुनासो आएको आधारमा अनुगमन गरिएकाले उक्त स्कुलमा को व्यक्ति जोडिएका छन् भन्ने विषयमा आफूलाई सरोकार नभएको स्पष्ट पारे।
दाहालले अस्पातालहरूमा पनि ठूलो समस्या रहेको भन्दै त्यसको अनुगमन गर्नुपर्ने बनाए। अस्पतालको अनुगमन गर्ने तयारी भइरहँदा महानिर्देशक दाहाललाई पाँच महिनामै हटाईएको छ। उनको जागिरे अवधि चार महिना पनि छैन। सामान्यतया अवकाशमा जान ६ महिना मात्र बाँकी भएका कर्मचारीलाई सामान्य तया सरुवा नगरिने अभ्यासका बीच दाहाललाई धपाईएको हो।