सोसल मिडिया
युनिकोड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् । उनले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठक बस्ने स्थल भने तय भइसकेको छैन ।
बैठकमा स्थगित भएको मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियानको कार्यतालिका, एकतामा जोडिएका नेताहरूको कार्यविभाजन, पार्टी एकता, समसामयिक राजनीति लगायत विषयमा छलफल हुने उपमहासचिव मातृका यादवले जानकारी दिए ।
साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।