संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने

बिहीबार, साउन २९, २०८२

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन्। 

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरूले मात्रै प्रश्न सोध्न पाउने बताए।

प्रश्न सोध्न भदौ १ गते आइतबार दिनको १ बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने सभामुख घिमिरेले बताए। 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्