हिजो राजीनामा घोषणा गरेका १९३ नम्बरका रामहरिले बुझाए राजीनामा

बुधबार, साउन २८, २०८२

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् ।

हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् ।

उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसाहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’image-72-768x1037-1755079967.png

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्