सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने तय भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पाँच मन्त्रीले मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ ।
संसद् सचिवालयका अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।