रवि लामिछाने भेट्ने पटके नेतामा राजेन्द्र लिङ्देनको चढ्यो नाम 

मंगलबार, साउन २७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । सहकारी ठगीमा मुछिएका भैरहवा कारागारमा रहेका लामिछानेलाई लिङ्देनले मङ्गलवार दोस्रो पटक भेटेका हुन् ।

भेटमा सामान्य कुराकानी र राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको लिङ्देनले बताएका छन् । लिङ्देनले लामिछानेलाई उनले रोजेको कारागारमै राख्न आग्रहसमेत गरेका छन् । लिङ्देनले देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको फेसबुकमा लेखेका छन् ।

उनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको पनि बताए । साथै, उनले गृहमन्त्री रमेश लेखकलाई काठमाडौं सार्न आग्रहसमेत गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्