बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मंगलबार, साउन २७, २०८२

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँँले विश्वासको मत प्राप्त गरेका छन्। मङ्गलबार आज बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री बानियाँँले विश्वासको मत प्राप्त गरेका हुन्। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँँले आज सदनबाट विश्वासको मत प्राप्त गरेका हुन्।

नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३६ गरी ६३ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका कुल ३७ सांसदमध्ये रामकृष्ण चित्रकार अमेरिका भ्रमणमा गएका कारण उनले ६३ मत प्राप्त गरेका हुन्।

यता तीनजना मन्त्री नियुक्तिको बटन लाइनमा रहेका लामा समूहका १३ जना सांसदले पनि बानियाँलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री बानियाँको विश्वासको विपक्षमा २२ मत प्राप्त भएको थियो भने ७  सांसद तथस्ट बसे। ११० सदस्यीय प्रदेश सभामा आजको बैठकमा भने ९२ सांसद उपस्थित थिए।

विश्वासको मतलगत्तै लामाले प्रस्ताव गरेअनुसारकै मन्त्री नियुक्त गर्ने शर्तमा मुख्यमन्त्री बानियाँले सहमति जनाएपछि लामा समूहले विश्वासको मत दिन तयार भएको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्