अवरोध बिनै बैठक चलाउन सभामुखले डाके पाँच प्रमुख दलका प्रमुख सचेतक

सोमबार, साउन १९, २०८२

सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक बोलाएका छन्।  सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा  छलफल गर्न सोमबार बिहान  ११;४५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा  प्रमुख दलका सचेतकको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बस्नुअघि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दल रास्वपा र राप्रपाले लामो समयदेखि संसद बैठकमा अवरोध गर्दै  आएका छन्। 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्