बागमती प्रदेशका मुख्यमन्त्री बहादुरले बल्ल दिए राजीनामा

आइतबार, साउन १८, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्। एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्।

९ साउन २०८१ मा मुख्यमन्त्रीमा शपथ लिएका बहादुरसिंह बागमती प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायका पहिलो हुन्।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनानुसार आफूले राजीनामा दिएको बताए। मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।

उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए। 

यो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाइ थियो। यो घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ।

संविधानमा आफूलाई मुख्यमन्त्रीमा अझै सुनिश्चित गरे पनि पार्टीभित्र बृहत् छलफलपछि राजनीतिमा विधि पद्धति मूल्य मान्यता स्थापित गर्न उचित ठानेको भन्दै पार्टीका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न आग्रह गरेको भन्दै पार्टी सभापतिको आग्रहलाई स्वीकार गर्दै राजीनामा दिएको बताए।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्