प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले गर्दा स्वास्थ्य संस्था ध्वस्त

शुक्रबार, साउन १६, २०८२

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएको बताएका छन् ।

स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाई थियो । 

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबिबिएस बिध्यार्थीहरुले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताए ।

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका पुर्व उपकुलपति समेत रहेका कोइरालाले बिपी प्रतिष्ठानबाट पढेका डाक्टरहरु जहाँ-जहाँ पुगेपनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्