सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा एक जनालाई १० मिनेट बोल्न दिने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा एक जनालाई १० मिनेट बोल्न दिने तयारी भएको हो ।
उपमहासचिव हरिबोल गजुरेलले बोल्न चाहाने सबै सदस्यहरुलाई १० मिनेट बोल्न दिएर तीन दिनमा बैठक सक्ने तयारी रहेको जानकारी दिए ।
बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल गर्ने कार्यसूची छ । जसमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन् ।
त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि बैठकमा छलफल हुनेछ।