Dashain Banner
Dashain Banner

निजामती सेवा ऐनको दफा लगाएर सहसचिवलाई सरकारले गर्यो बर्खास्त

शुक्रबार, वैशाख १४, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट बर्खास्त गरिएको छ।

मन्त्रालयले शुक्रबार सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेकाले गैरेलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो।

उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम मन्त्रिपरिषद्को निर्णयमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्