बागमती प्रदेशका प्रमुख अचानक बिरामी भएपछि रोकियो मन्त्रीको सपथ

बिहीबार, साउन १५, २०८२

वाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएका छन् । 

उनको स्वास्थ्यमा अचानक समस्या आएकाले आज अपराह्नका निम्ति निर्धारित नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम स्थगन भएको हो ।

प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेकाले अर्काे सूचना प्रकाशन नभएसम्मका लागि शपथको कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्