सभापति रवि थुनिएको नजिकै रास्वपा संसदीय दलको बैठक

बुधबार, साउन १४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागार नजिकैको रमादा होटलमा बस्ने भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज दिउँसो १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन् ।सभापति रवि लाछिानेको सांसद पद निलम्बन भएपछि रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । यहासम्मकी कसैलाई कार्यवाहक पनि दिइएको छैन ।

बैठकका लागि रास्वपाका अधिकांश सांसदहरू हिजै भैरहवा पुगिसकेका छन् । बैठकले संसदमा पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।

रास्वपाले लामो समयदेखि भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गर्दै संसद अवरोध गर्दै आएको छ । पार्टीले गर्दै आएको संसदको अवरोधको विषयमा पनि समीक्षा हुने बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्