कर्मचारीले टेबुलमुनिबाट घुस खानेकुरा राष्ट्रियसभामा पुग्यो

आइतबार, साउन ११, २०८२

नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको बताइन्। उनले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकट बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन्।

उनले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरुले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन्।

सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरुसमेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन्।

उनले दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउनसमेत माग गरिन्।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्