सोसल मिडिया
युनिकोड
ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे । ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो’ उनले भने, ‘पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’
नेपाल विद्युत प्राधिकरणले चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी गरेको थियो । त्यस सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले ‘चितवनमा लोडसेडिङ सुरु’ भएको समाचार प्रकाशित गरेका थिए ।
मिडियाहरुमा आएको समाचारप्रति ध्यानाकर्षण जनाउँदै मन्त्री खड्काले चितवनमा लोडसेडिङ नगरिएको दावी गरेका हुन् ।