देउवाले पदाधिकारी बैठकमा मन्त्री पनि बोलाए, बुढानीलकण्ठमा के पाक्दैछ ?

शुक्रबार, साउन ९, २०८२

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक आज (शुक्रबार) बिहान नौ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ।

पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन्। सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन्। 

अन्य नेताहरू सरकारको कार्यशैलीप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने सरकारप्रति नरम देखिएका छन्। नेता शेखर कोइरालाले वर्तमान सरकारको विकल्पममा विपक्षीहरुसँगसमेत छलफल अघि बढाएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्