सोसल मिडिया
युनिकोड
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् । उनले बबरमहलस्थित कार्की बैंकेटमा शुक्रबार दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।
भण्डारीले आफू माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने भन्दै ओलीलाई दनक दिएकी थिईन।