एमालेको कुलिङ पिरियड संशोधनले माओवादी मर्माहत

बुधबार, साउन ७, २०८२

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकको कुलिङ पिरियडबारे राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुले राखेको संशोधनले गम्भीर बनाएको बताएका छन्। 

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सभामा सांसदको आफ्नो अधिकार हुने कुरालाई नकार्न नसकिने भएपनि दलको प्रमुख सचेतकले नै कुलिङ पिरियड हटाउने भनेर संशोधन प्रश्ताव दर्ता गर्नुले गम्भीर बनाएको बताए। प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति भएकाले यसबारे स्पष्ट पार्न जरुरी रहेको बताए।

‘यो निजामती विधेयकबारे राष्ट्रिय सभामा नेकपा एमालेको प्रमुख सचेतक सहितले जसरी संशोधन राख्नुभएको छ, त्यसले हामी सबैलाई गम्भीर बनाएको छ,’ पाण्डेले भने, ‘राष्ट्रिय सभामा आफ्नो राइटको कुरा छ। राष्ट्रिय सभाका सांसदहरुको अधिकारको कुरालाई सम्मान गर्नुपर्छ। प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति हो। के हो भन्नेकुरा यही हो भनेर त भन्न सकिँदैन।’

प्रमुख सचेतक पाण्डेले भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकमा पास गर्नेकुरा माओवादीले स्वीकार नगर्ने बताए। 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्