एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको यस्तो छ ८ बुँदे प्रस्ताव 

बुधबार, साउन ७, २०८२

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न सुझावसहित ८ बुँदे प्रस्ताव पारित गरेको छ । मंगलबार मध्यरात सकिएको बैठकले शोक प्रस्ताव, विधान संशोधन लगायतका विभिन्न विभिन्न ८ विषयमा प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बैठकले राजनीतिमा सक्रिए भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले यो सम्भव नहुने निष्कर्ष निकालेको छ ।

दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको, श्रमिकहरूको ज्याला बढेको, राजावादीहरुको आन्दोलन असफल भएको, सहकारीमा भएको बेथेतिको सम्बोधन भइरहेकोले नागरिकमा आशा बढैको एमालेको निष्कर्ष निष्कर्ष छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्