सोसल मिडिया
युनिकोड
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिर्ने कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपदमा नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।