सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।
शुक्रबार नेपाल राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'अहिलेको विन्दुमा उभिएर भन्दा नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन। त्यहीँभित्रको अवस्था देखिरहेका छौँ। त्यसप्रति लसपस कसैको छ भने, आशा अपेक्षा छ भने मेरो भन्नु केही पनि छैन,' उनले भने।
उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की भनेर भ्रम नपाल्न आग्रह गरे। कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको उल्लेख गरे।