शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै निजी विद्यालय बन्द

शुक्रबार, साउन २, २०८२

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज निजी विद्यालय बन्द गराएको छ । शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको हो । 

निःशुल्क शिक्षा, शिक्षामा भइरहेको निजीकरणको अन्त्य र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायत माग राखेर क्रान्तिकारीले विद्यालय बन्द गराएको हो । 

संविधानअनुरूप हरेक नागरिकले निःशुल्क शिक्षा पाउनु मौलिक अधिकार रहेको क्रान्तिकारीले बताएको छ । 

प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने भन्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्