सोसल मिडिया
युनिकोड
ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन् ।
बिहीबार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने उनको धारणा छ । खान नपुग्ने नागरिकको घरसम्म उर्जामार्फत समृद्धि पुर्याउनको लागि सरकार क्रियाशील रहेको पनि बताए । उनले ऊर्जा क्षेत्रमा विगतमा भएका कामहरुको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत आयोजनाहरुका अकल्पनीय क्षतिहरु हुने गरेको कारण क्षति न्युनीकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
उनले भने,’हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै शुरु गरौं भन्ने मेरो कुरा हो । सबै नागरिकले सहभागि हनुसक्ने गरी उर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । हुनेलाई मात्र नभई नहुने नागरिकले पनि यस क्षेत्रमा आवद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, उर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस् । त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन । विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो । र अझ बढी आवश्यक छ । विद्वान मान्छेहरुका कुरा सुनेको छु, राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरुका कुराहरु सुनेको छु । जसले जे भनेपनि उर्जा क्षेत्रको विकासमा ढिलाई गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ । अझैपनि सबै घरमा विद्युत पुर्याउन नसकेको आवश्यकता छ । सबै घरधुरीमा विद्युत पुर्यार सबै चुल्होमा विद्युत पुर्याउने मन छ ।’
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताए ।