एमालेको केन्द्रीय सचिवालय बैठकले के-के गर्दैछ ?

बिहीबार, साउन १, २०८२

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ।

एमाले स्रोतका अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो । एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ।

महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्