नयाँ मन्त्रीको सपथ ग्रहण तीन घण्टालाई सारियो

बुधबार, असार ३२, २०८२

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ ।

यसअघि आज दिउँसो ३ बजे हुने तय भएकोमा तीन घण्टा पर सारिएको हो । राष्ट्रपति कार्यालयका अनुसार अब उनको शपथ आज साँझ ६ बजे हुने तय भएको छ ।

न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए ।

त्यसअघिका मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रियसभा सदस्य समेत रहेकी न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्