नयाँ मन्त्रीको सपथ तीन बजे, महिला मन्त्री पनि फेरिने

बुधबार, असार ३२, २०८२

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ।

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए।

बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो। भगवती संगै अन्य केही नयाँ मन्त्रीले पनि सपथ लिने बुझिएको छ। महिला मन्त्रालयले पनि नयाँ मन्त्री पाउने पक्का भएको छ। 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्