सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा निकायका निम्ति हतियार किन्न कसको इसारामा प्रक्रिया अघि बढाइएको ? भन्दै प्रश्न गरेका छन् ।
सोमबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले नै सडक आन्दोलन गरेर विगतमा हतियार किन्ने प्रक्रिया रोकिएको बताए ।
“विगतमा स्वयम् प्रधानमन्त्रीजीकै पार्टीले सडकमा आन्दोलन गरेर रोकाएको सुरक्षा निकायको हतियार किन्ने प्रक्रिया अहिले आएर कसको इसारामा, कसको स्वार्थमा अघि बढाइएको हो ? म प्रधानमन्त्रीको जवाफ चाहन्छु,” उनले भने ।