सोसल मिडिया
युनिकोड
मन्त्री निवासमा निर्धक्क घुसका विषयमा खुलेर डिल गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
घुस प्रकरणमा मुछिएपछि चर्चामा रहेका मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्के लगत्तै बालुवाटारमा बोलाइएको हो। उनलाई ओलीले केरकार गर्ने छन्।
मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ। पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडियो बाहिर आएको हो। घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस प्रकरणमा ‘एक्सन’ लिने तयारी गरेका छन्। मन्त्री गुप्ताले पनि पार्टीको निर्देशन आए छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका छन्। ‘पार्टीले छानबिन गरे म तयार छु,’ मन्त्री गुप्ताले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बरसहितको डायरी बुझाइएको छ। आयोगमा उजुरी परेपछि मात्रै अडियो सार्वजनिक गरिएको हो।