झापा पुगेर प्रधानमन्त्री ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्ने सुनाए समय

आइतबार, असार २९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्को वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । 

उक्त सभामा उनले कांग्रेससँगको सहमतिअनुसार सत्ता हस्तान्तरण हुने उल्लेख गरे ।‘अर्को वर्ष मेरो लोकतान्त्रिक आन्दोलनका सहयात्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरिनेछ,’ ओलीले भने, ‘आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य कायम रहनेछ। म सबैलाई विश्वस्त भएर अघि बढ्न अनुरोध गर्छु।’  

शनिवार झापा पुगेका प्रधानमन्त्री ओली आज राजधानी फर्किने भएका छन्। 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्