सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक आजै पारित गरिने, संसदमा के-के हुँदैछ अरू ?

आइतबार, असार २९, २०८२

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आइतबार अपराह्न एकबजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्