पशुपति शमशेरले ८४औँ वर्ष लागेपछि सुनाए यस्ता कुरा, गरिने नागरिक अभिनन्दन

शुक्रबार, असार २७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा ८४औँ जन्मदिनको छेको पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको उल्लेख गरे । आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गरे । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुख–दुःख बुझ्ने कोसिस गरेको बताए । आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको उनको भनाइ छ । 

उनले भने, "राजनीति मेरो प्राणमा नै छ । वंश परम्परा पनि त्यही हो । निश्चय म पनि दरबारिया सुख सयलमा हुर्किएको व्यक्तिलाई त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन थियो । तर मैले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएँ । नेपाली जनताको सुख–दुःख बुझ्ने कोसिस गरेँ ।"

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्