काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने बल्ल जुर्यो साईत

बिहीबार, असार २६, २०८२

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनापछि शुक्रबार बस्ने भएको छ । 

महानगर प्रमुख बालेन शाहले शुक्रबार (भोलि) दिउँसो २ बजे बैठक बोलाएका हुन् । महानगर स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ ।

‘कार्यपालिका बैठक राख्नको लागि कार्यकारी अधिकृतलाई छुट्टीमा पठाइएको हो', स्रोतले भन्यो, 'मेयरले नै कार्यकारीसँग बैठक नगर्ने अडान लिएपछि उहाँलाई छुट्टीमा बस्न लगाइएको हो । उहाँले पनि त्यसलाई स्वीकार गर्नुभएको छ ।'

स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरको हो । ऐनले महिनामा एकपटक बैठक बस्नुपर्ने व्यवस्था गरेको छ ।

तर, काठमाडौं टावरको नक्सा पाससम्बन्धी विवाद चर्किएपछि मेयर शाहले गत पुसयता कार्यपालिका बैठक डाकेका थिएनन् ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्