नाती जर्नेललाई नागरिक अभिनन्दन तथा जनसम्मान गरिने

बुधबार, असार २५, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबरा नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित हुने भएका छन् । उनलाई नाती जर्नेल भनेर पनि चिनिन्छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जबराको ८४औं जन्मोत्सवको अवसरमा उनलाई सम्मान गर्न लागिएको जानकारी गराइएको हो ।

जबराले नेपालको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै जनसम्मान गर्न लागिएको वरिष्ठ राजनीतिज्ञ मदनदास श्रेष्ठले बताए । जनसम्मान कार्यक्रम विभिन्न ५० ओटा संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको पनि उनले बताए ।

‘आउँदो शुक्रबार (२७ गते) प्रज्ञा भवनमा जनसमुदायबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । पशुपति शमशेर जबरा एउटा ज्यूदो इतिहास हुनुहुन्छ । 

उहाँ विभिन्न कालखण्डको ज्यूँदो इतिहास हुनुहुन्छ । सामाजिक, आर्थिक, शैक्षिक र हरेक क्षेत्रमा उहाँको ठूलो योगदान छ । त्यसैले काठमाडौं उपत्यकाका नेवार जनसमुदाय साथै विभिन्न ५० वटा सामाजिक संघ संस्थाहरुले अभिनन्दन कार्यक्रम आयोजना गर्दैछ,’– उनले भने ।

जनसम्मान मूल समारोह समितिका संयोजक नवीन शाहीले पशुपति शमशेरले नेपाली राजनीति, संस्कृति र राष्ट्रसेवामा दीर्घकालीन योगदान पुर्याएकाले जनसम्मान प्रदान गर्न लागिएको बताए । ‘पशुपति शमशेर जबराज्यूको ८४औं जन्मदिनको उपलक्ष्यमा हामीले समाजमा क्रियाशील विभिन्न संघ संस्थाहरुलाई एकीकृत गरेर उहाँलाई जनसम्मान आयोजना गरेर मनाउन लागिएको हो,’– उनले भने ।

जबराले लामो राजनीतिक जीवनमा नेपालको लोकतान्त्रिक विकास, राष्ट्रिय एकता, संविधानवाद, र समावेशी समाज निर्माणका लागि पुरÞ्याएको योगदान अत्यन्त मूल्यवान् रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्