भैरव अर्यालका पुत्र त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त

बुधबार, असार २५, २०८२

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख समेत रहेका अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् । १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

अर्याल साहित्यकार भैरव अर्यालका छोरा हुन् ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्