ओली सरकारलाई हालेको टेको आजै उपेन्द्रले आजै झिक्ने

बुधबार, असार २५, २०८२

जनता समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिकरूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको र आज बस्ने दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने जानकारी दिए ।

समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको उनले बताए । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कांग्रेस–एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको जसपाले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्