सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पूर्व मन्त्री पशुपति शमशेर राणाको ८४ औं जन्मोत्सव नागरिक स्तरबाट धूमधामले मनाइने भएको छ ।
राणाकोको जन्म सन् ७ मे १९४१काठमाडौंको महाराजगंजमा भएको थियो ।
राणा वंशका राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । उनी पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री (१९७८ -१९७९) र पञ्चायत तथा स्थानीय विकास मन्त्री (१९८६-१९८८) भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलश्रोत तथा सञ्चार मन्त्री भएका थिए ।
ज्येष्ठ सदस्यको हैसियतमा उनले विद्यमान प्रतिनिधि सभाका सदस्यलाई सपथ समेत खुवाएका थिए। त्यस हिसावले उनी पूर्व सभामुख समेत हुन्।
असार २७ गते शुक्रवार प्रज्ञा प्रतिष्ठान कमलादीमा राणाको जन्मोत्सवको अवसरमा भव्य जनसम्मान गरिने भएको हो। विभिन्न ५० भन्दा बढी संस्थाले राणालाई सम्मान गर्ने कार्यक्रम तय भएको मूल समारोह समितिका संयोजक सोभित उप्रेतीले बताए।