झाँक्रीलाई चित्त बुझ्दो जवाफ फर्काउन एकीकृत समाजवादीले दियो साता दिनको म्याद 

मंगलबार, असार २४, २०८२

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकपा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो ।

अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण समय दिने तयारी गरेको हो। उनलाई १ हप्ताको समय दिइने छ । उक्त अवधिमा चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशन गरिने चेतावनी दिइएको छ । 

नेता प्रकाश ज्वालाले अब देखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको  बताए ।

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए । तर, अध्यक्षमाथि बोल्नै नहुने कुरो बोलेको भन्दै यसले पार्टीमा अराजकता बढ्ने जसले जे मन लागो त्यही गर्ने नजिर बस्ने भएकाले आत्मालोचनासहितको जवाफ आउँछ आउँदैन ? केही दिन कुर्ने निचोड निकालिएको छ ।

लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्