कहिले हुन्छ कांग्रेसको महाधिवेशन ? केन्द्रीय कार्यसमिति बैठकले के-के गर्यो ?

सोमबार, असार २३, २०८२

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि समय थपेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौसम्म क्रियाशील सदस्यता नवीकरणका लागि समय थपेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘हामीले भदौको अन्तिमसम्म हामीले नवीकरणको कुरा टुंगो लगाउने निर्णय गरेका छौँ ।’

क्रियाशील सदस्यताकै विषय नटुंगिएकाले विधानअनुसार आगामी मंसिरसम्म पार्टीको महाधिवेशन गर्नुपर्ने भए पनि यो बैठकले पनि महाधिवेशनबारे कुनै निर्णय गरेन । प्रवक्ता महतले भने, ‘महाधिवेशनबारे कुनै निर्णय गरेका छैनौँ ।’ बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीको विधानले एक वर्ष र संविधानले थप ६ महिना कार्यकाल थप्ने व्यवस्था गरेको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्