ओलीसँगको सम्बन्ध मुलायम रहेको ठहर गर्दै देउवाले सुनाए यस्ता कुरा 

सोमबार, असार २३, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समस्या नभएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ठूला दलबीच बनेको सरकारमा केही समस्या भए पनि दुवै पार्टीका शीर्ष नेता बसेर समाधान गर्न सकिने र त्यही गरिरहेको बताए । उनले संविधान संशोधनका लागि राष्ट्रियसभामा संख्या अपुग भएको बताए ।

“कांग्रेस र एमालेको गठबन्धन भएको छ । यो गठबन्धन हामीले बनाएका हौँ । यसमा समस्या छैन,” उनले भने, “ठूला पार्टीबीचको गठबन्धनमा केही समस्या आउनु स्वाभाविक हो । तर हामीले समस्या समाधान गर्न सक्छौँ । गठबन्धनको सरकार पूरा समय चल्ने छ । संविधान संशोधनको कुरा उठेको छ । 

यसमा ओलीजी पनि तयार हुनुहुन्छ तर राष्ट्रिय सभामा संख्या कम भयो । ओलीसँग कुनै समस्या छैन । समस्या भए पनि समाधान गर्न सक्छौँ ।” उनले नेपालको संविधान समावेशी खालको भएकाले संशोधन गर्दा त्यसलाई ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्