सोसल मिडिया
युनिकोड
रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष जनार्दन यादव घुस रकमसहित् समातिएकै बेला योजनाको भुक्तानी विवादमा स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच चर्को विवाद मात्र होइन भागाभागको स्थिति आएको छ।
स्वास्थ्य महाशाखाको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल एकतमासले कार्यालयको काम गरिरहेका थिए। ठिक त्यहि बेला गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर दुईवटा फाइल बोकेर त्यहीं पुगे।
कुनै सम्झौता नभएको र बजेट पनि नभएको उपभोक्ता समितिका ती फाइलमाथि काम कारबाही अगाडी बढाउन प्रमुख प्रशासकीय अधिकृत पौडेलले मानेनन् । अध्यक्ष मानन्धरले मैले बजेट छुट्याएको छु भन्दै हस्ताक्षरको लागि दबाब दिए । पौडेलले कानून विपरितका काममा हस्ताक्षर नगर्ने अडान लिए ।
त्यही क्रममा मानन्धरले पौडेलले लगाएको सर्टमा समाए। पौडेल लगाएको सर्टबाट टाँकहरू सबै फुस्किए । त्यसपछि पौडेल झ्यालबाट हाम फालेर भागे। यदि पौडेल नभागेको भए कुटपिट हुने त्यहींका कर्मचारीको भनाई छ। भागेर क्वार्टरमा पुगेका पौडेलले मोबाइल समेत बोक्न सकेनन्। उनको मोबाइल र ल्यापटप अध्यक्षले कब्जा गरेका छन्।
निवासबाहिर उनलाई एमालेका जनप्रतिनिधिले घेरेर बसेका छन् । पौडेल त्यहाँबाट निस्किन सक्ने अवस्था छैन । नियमसंगत नभएको, सम्झौता पनि नभएको र बजेट पनि नभएको कारण भुक्तानी गर्न नसकिने फायलका बिषयमा लफडा भएको अन्य कर्मचारीले पनि बताएका छन्।