तीन लाख घुस समाते लगत्तै वडाध्यक्षलाई अख्तियारले ठाउँको ठाउँ कस्यो पाता

सोमबार, असार २३, २०८२

रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष जनार्दन यादव घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष यादवले तीन लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

वडामा विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी सो रकम माग गरेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार यादवले उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई लिन लगाएका थिए। 

पाण्डेयले रकम लिइसकेको अवस्थामा आयोगको टोलीले वडाअध्यक्ष यादव र पाण्डेयलाई तीन लाख रुपैयाँ घुस रकमसहित आज (असार २३ गते) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्