सोसल मिडिया
युनिकोड
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको छ।
सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन्। समितिलाई २१ दिनको समय दिइएको छ।
सभामुखको प्रस्ताव सभाबाट सर्वसम्मतीले पारित भएको छ। नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ। नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य नाम पठाइएको छ।
त्यस्तै माओवादी केन्द्रले सांसद माधव सापकोटालाई समितिमा पठाएको छ। त्यसैगरि रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की समितिमा पठाएको हो।
शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो।