प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक, के-के काम हुँदैछ तमाम ?

सोमबार, असार २३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आजै साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि ओलीले बैठक डाकेका हुन्। 

प्रधानमन्त्री ओली स्पेन जानु अघि बैठक बसेको थियो। आजै प्रधानमन्त्रीले संसदमा सम्बोधन पनि गर्दैछन्। आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ । त्यस्तै, केही नियुक्तिका काम पनि तमाम गरिने भएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षको नियुक्ति पनि आजै हुँदैछ। 

प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा. खगराज शर्माको नाम सिफारिस भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनीहरूमध्ये १ जनालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षमा नियुक्त गर्नेछ। शर्माको पल्लाभारी रहेको श्रोतको भनाई छ। 

त्यस्तै केही सहसचिव पनि यता उता परिने छन्। 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्