सोसल मिडिया
युनिकोड
नेपाली कांगेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । असार १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आजपनि दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीगत सांगठनिक विषयहरू, सरकारका कामकारबाही र सरकारले ल्याएको बजेटबारे समीक्षा भइरहेको छ ।
यसअघि सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर,बद्रीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।
त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत लगायत नेताहरुले आ–आफ्ना धारणा राखेका थिए । अब बाँकी रहेका केन्द्रीय नेताहरुले आआफ्नो धाराणा राख्ने र बैठक समापन गर्ने तयारी छ ।