बेली ब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला हाजिर

आइतबार, असार २२, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्।

प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्।

कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओेलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन । यो पुल उद्घाटनसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्