आज पनि कांग्रेस केन्द्रीय सदस्यका कुरा देउवाले सुन्ने, त्यसपछि जवाफ दिने 

शुक्रबार, असार २०, २०८२

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गते सुरू भएको बैठक आज बिहान ११ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल हुने बताइएको छ । यस विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

बिहीबार केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, प्रदिपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली लगायतका नेताले आफ्नो धारणा राखेका थिए ।

नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका थुप्रै केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । कोइरालाले कांग्रेस महाधिवेशन २०८२ को मंसिरभित्रै हुनुपर्ने बताएका थिए । केन्द्रीय सदस्यहरूले धारणा राखेपछि सभापति शेरबहादुर देउवाले जबाफ दिने छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्