‘कुलिङ अफ पिरियड’ले प्रचण्ड सहित कांग्रेसका दुई भाई महामन्त्रीको देखायो हैसियत 

बिहीबार, असार १९, २०८२

उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई अवकाश वा राजीनामापछि हाताहाती नियुक्ति लिन बन्देज गर्ने ‘कुलिङ अफ पिरियड’ लागू नहुने गरी प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि संसदीय राजनीतिमा हंगामा भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि सरोकारवालाहरूले एकअर्कालाई दोषारोपण गरेका छन् ।

यस प्रकरणमा समिति सभापति रामहरि खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, समितिका सदस्यहरूले क्षमा मागेका छन् । तर, यो प्रकरणमा जिम्मेवारी लिन भने कोही पनि तयार छैनन् ।

सभापति सहित समितिमा २७ सदस्य छन्। जसमा पूर्व गृहमन्त्री रवि लामिछाने निलम्बित हुँदा समिति २६ सदस्यीय छ। समितिमा पूर्व प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका दुई महामन्त्री पनि सदस्य छन्। गगन थापा र विश्वप्रकाश शर्मा समेत सोही समितिका सदस्य हुन्। 

अध्यनशील नेता भनिनेहरू समेत सो समितिका सदस्य छन्। तर उनीहरूले विधेयक पढ्दै नपढी सदनमा पुर्याएको र पास गरेको त यसै प्रष्ट भएकै छ। खारिएका र राज्य संचालनको विधि बुझेका कानून निर्माणमा लागिपरेका सांसद सम्मिलित समितिले ढंग नपुर्याएको आरोप लाग्दै आएको छ। 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्